दफा २०
सरोकारवालाको अवधारणा मनन् गर्ने
 पदाधिकारीले कार्य सम्पादन गर्दा कुनै व्यक्ति विशेषको स्वार्थमा सिमित नभई सबै सरोकारवाला नागरिक, वर्गीय वा व्यवसायिक संघ संस्थाबाट प्राप्त सुझाव, मन्तव्य र धारणालाई गंभिरताको साथ अध्ययन मनन तथा विश्लेषण गरी आम जनताको हित र कल्याण गर्ने उद्देश्यबाट अभिप्रेरित हनु पर्नेछ ।